धनकुटाको महालक्ष्मी नगरभित्र निजी विद्यालयका सवारी साधन सञ्चालनमा रोक
धनकुटा,८ बैशाख । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाले पालिका भित्र नीजि बिद्यालयका सवारी साधन संचालनमा रोक लगाएको छ ।
पालिकाले आज सार्बजनिक सुचना जारी गर्दै पालिका भित्रका सबै निजी विद्यालय बन्द गरिसकेको अवस्थामा अन्य पालिकामा रहेका निजी विद्यालयका स्कुल बसहरू यस पालिका भित्र प्रवेश गरी बालबालिकाहरू निजी विद्यालय लाने गरेको जनगुनासो प्राप्त भएकोले यो सूचना प्रकाशन भएको मितिबाट महालक्ष्मी नपा क्षेत्र भित्र कुनै पनि निजी विद्यालयका स्कुल बस अर्थात् विद्यालयका सवारी साधनहरू प्रवेशको लागि पूर्ण रुपमा रोक लगाइएको उल्लेख गरेको छ ।
महालक्ष्मी नपाका प्रमुख ध्रुवराज रायाले सोमबार सूचना जारी गरेर अन्य पालिकामा रहेका निजी विद्यालयको बस गुडाउन नपाउने जानकारी गराएका हुन् ।



