धनकुटामा श्रृखलावद्ध चोरीका घटना बढ्दै : सुरक्षा माग गर्दै सुरक्षा निकायको ध्यानार्कषण
धनकुटा । धनकुटा बजार क्षेत्रमा श्रृखलावद्ध रुपमा बढ्दै गएको चोरीका घट्नामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै धनकुटाका उद्योगी व्यावसायीहरुले धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा मदिरा तथा थोक व्यावसायी संघको नेतृत्वमा धनकुटा जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायलाई ध्यानाकार्षण पत्र बुझाएका छन् ।
बजार क्षेत्रमा केही दिन अघि देखी श्रखलाबद्ध रुपमा ६ ठाउँमा चोरीको घट्ना भएको भएको भन्दै त्यस्ता घट्ना तत्काल रोक्नका लागि व्यापक प्रहरी परिचालन गर्न र चोरीमा संलग्नलाई अविलम्व पक्राउ गरी कारवाही गरी व्यापारीहरुलाई क्षती पूर्ती उपलब्ध गराउन माग गर्दै मंगलवार ध्यानार्कषण पत्र बुझाईएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,निवर्तमान अध्यक्ष उमेश घिमिरे,धनकुटा औद्योगिक ग्राम संचालन समितिका अध्यक्ष तिलक महत,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ,धनकुटा मदिरा तथा थोक व्यावासयी संघका अध्यक्ष डिजेश शाक्य,मदिरा तथा थोक व्यावसायी संघका सचिव निरोज श्रेष्ठ लगायतले प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल,जिल्ला पहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षकद्धय विष्णु खड्का र सुमन खड्कासंग त्यस विषयमा छलफल गरी भयरहित ढंगबाट व्यापार व्यावसाय गर्ने वातावरण बनाई दिन माग गरे ।
उनिहरुले चोरीमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न र पीडित व्यापारीहरुलाई क्षतीपूर्ती उपलब्ध गराउन समेत माग गरेका छन् ।


