धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ
धनकुटा,९ बैशाख । धनकुटाबाट २० किलो गांजा र मोटरसाइकल सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ७ का २० बर्षिया अबि तामाङ रहेका छन् ।
आज धरान तर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्वरको कालो रङको मोटरसाईकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागुऔषध गाँजा २० केजी फेला परेकोले उक्त गाँजा र मोटरसाइकल सहित तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
गांजा सहित पक्राउ परेका तामाङको थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


