धनकुटा बजारमा श्रृंखलाबद्द रुपमा चोरी गर्ने २ जना पक्राउ
धनकुटा,१० बैशाख । धनकुटा बजार क्षेत्रम शृखलाबद्ध रुपमा चोरी गर्ने र चोरीको सामान खरिद गर्ने २ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
धनकुटा बजार भित्र रहेका सहकारी संस्था, मनि ट्रान्फर, माटर्, किराना पसल तथा सरकारी कार्यलय बाट नगद, ल्यावटप, चेक, सिसिक्यामेरा लगायतका सामग्री चोरी गर्ने धनकुटा नगरपालिका १० का २६ बर्षिय सोभित खड्का तथा त्यसरी चोरी गरिएका सामग्री खरिद गर्ने धनकुटा नगरपालिका ६ बिच बजारका बर्ष २४ का सुनिल श्रेष्ठ लाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको छ ।
त्यस्तै प्रहरीले प्रतिवादीहरुको साथ बाट बरामद गरेको नगद ७५ हजार २ सय ७० , विभिन्न बैंकका दस्तखत गरिएका चेक, मोवाइल सिसि क्यामेरा, ल्यावटप लगायतका सामग्री सहित चोरीका लागि प्रयोग गरिएका अन्य सामग्री समेत सार्वजनिक गरको हो । प्रतिवादी सोभित खड्काले वि.स २०८१ चैत १८ गते देखि वि.स २०८२ बैशाख २ गते सम्म पाँच स्थानमा चोरीका घटना घटाएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिनु भयो ।
प्रतिवादी लाई मुलुकी अपराध संहिताको २०७४ को परिच्छेद २० अन्र्तगत चोरी सम्बन्धी कसुरमा धनकुटा जिल्ल अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।



