धनकुटाको महालक्ष्मी नगरपालिकाले निजी बिद्यालयका सवारीसाधन प्रवेशमा रोक लगाएकोमा प्यावसन र एन प्यावसनको आपत्ति
धनकुटा,१० बैशाख । धनकुटाको महालक्ष्मी नगरपालिकाले निजी बिद्यालयका सवारीसाधन प्रवेशमा रोक लगाएको भन्दै प्यावसन र एन प्यावसनधनकुटाले आपत्ति जनाएका हुन् ।
महालक्ष्मी नगरपालिकाकाले सार्वजनिक सूचना जारी गरि छिमेकी गाउँ र नगरपालिकाबाट बिद्यार्थी ओसारपसार प्रयोजनका लागि आउने सवारी नगर प्रवेश गर्न नदिने भएकाेले विराेध जनाएको प्यावसन धनकुटा का अध्यक्ष प्रेम सुब्बाले बताउनु भयाे ।
नेपालको संविधानको धारा १७ ले हरेक नागरिकलाई बोल्न लेख्न आवागमन गर्न तथा पेशा व्यवसाय गर्न पाउने अधिकारलाई समेत पालिकाले कुण्ठित गर्न खोजेको एन प्यावस धनकुटाका अध्यक्ष दिनेश भण्डारीले बताए। शिक्षा क्षेत्रमा राजनीति हुन नहुनेमा समेत उनीहरूको जोड रहेको थियो।


