धनकुटामा ट्याक्टर दुर्घटना हुंदा एकको मृत्यु
धनकुटा,१० बैशाख । धनकुटामा ट्याक्टर दुर्धटना हुंदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पहिचान खुल्न बांकी अन्दाजी २० बर्षिया युवक रहेका छन् । आज दिउंसो मुलघाटबाट धनकुटा तर्फ जांदै गरेको को २ त ७९३४ नम्बरको ट्याक्टरको टायर पम्प्चर भएर दुर्घटना भएको हो ।
दुर्घटना पछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


