पर्यटकको पर्खाईमा चौबिसे स्थित काङ्कडा ताल

पवित्रा मगर/बैशाख १०,(धनकुटा)चौबिसे । धनकुटाको चौबिसे गाउँपालिका वडा नंं.१ स्थित ठूलो मुक्तरामा रहेको काङ्कडा ताल पर्यटकहरुको पखाईमा रहेको छ ।

निर्माणाधिन भेडेटार–रबी–राँके राजमार्गको शौरे बजारबाट करिव ४ किलोमिटरको दुरीमा रहेको यो ताल बि.सं.२०७८बाट संरक्षण थालिएको थियो ।

अंग्रेजी अक्षर भी आकारमा रहेको यस तालमा बाँध बाँधेर पानी जम्मा गर्ने,तालको किनारमा जलकन्या मन्दिर बनाउने,तालको वरिपरी बाटो निर्माण गर्ने लगाएतका कामहरु गरिएका छन् तर निर्माण भएको यतिका बर्ष बितेपनि यस स्थानको अवलोकन गर्न छिटफुट बाहेक खासै पर्यटकहरुको आगमन नभएको वडा अध्यक्ष देबेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

विशेष गरि यस ठाउको प्रचार प्रसार को कमि भए सङ्गै सडक को अबस्था अनि नाजुक भएकाले सोचे जस्तो पर्यटक ल्याउन नसकिएको अध्यक्ष श्रेष्ठ ले बताउनु भयो ।

यस ठाउँ मा विशेष गरि मङसिर देखि जेठ सम्म समय मिलाएर पर्यटकहरु घुम्न आउने सथानीय बासिन्दा प्रेम बहादुर मगर ले बताउनु भयो ।

मङ्सिर देखि माघ सम्म छिमेकी जिल्ला का र अन्य पर्यटकहरु बनभोज लगायत सरकारी छुट्टी मिलाएर आउने स्थानिय बासिन्दा डम्बर बहादुर मगर ले बताउनु भयो ।

यस ठाउँमा स्थानीय सरकार, केन्द्र,राज्य लगाएत सबै को ध्यान आकर्षण भएर प्रचार प्रसार मा सहयोग गरेमा थप पर्यटकहरु भित्र्याउन सकिने प्रेम कुमार मगरले बताउनु भयो ।

करिव चार बिगा रोपनीमा फैलिएको यस ताल मा हाल सम्म ताल निर्माणमा पहिला निर्माण गर्दा वडाको बजेट तीन लाख ७९÷८० मा पालिकाबाट १० लाख, ८१÷८२ मा पालिका बाट तीन लाख र स्थानीयको पहलबाट जम्मा बजेट १२ लाख लगानी भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । (प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।