किरात राई यायोक्खा पाख्रीवासद्वारा उभौली वैशाख पूर्णिमा चाड भव्य रुपमा मनाउने निर्णय
धनकुटा । किरात राई यायाेक्खा पाख्रीवास नगर समितीले याे वर्षकाे उभौली वैशाख पूर्णिमा चाड भव्य रुपमा मनाउने निर्णय गरेकाे छ ।
वुधवार पाख्रीवासमा सम्पन्न भएकाे छलफल तथा गाेलमेच सम्मेलनाा समितीले त्यस्ताे निर्णय गरेकाे हाे । किराया पाख्रीवास नगर समिती अध्यक्ष जितेन्द्र माङपाहाङकाे अध्यक्षतामा बसेकाे सम्मेलनले सम्पूर्ण किरात राईहरुलाई एकीकृत गर्ने, बैशाख पूर्णिमा भव्यतनका साथ मनाउने लगायतका निर्णयहरु गरेकाे छ ।
सम्मेलनमा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, किराया जिल्ला समिती अध्यक्ष उद्ववमणी राइ किरायाका सल्लाहकारहरुकाे उपस्थिती थियाे ।


