तमोरमा हराउंदै रैथाने माछा

विनोद भण्डारी/वैशाख १३,धनकुटा(चौबिसे) । हातमा साना आँखा भएको जाल कम्मरमा सानै फुर्लुङ्ग अनि घामले डढेका पाखुरामा बैधाङ्गीले बांधी दिएको बुटि,जगत बहादुर माझीको हुलिया ।

नदिका छेउछाउ तातो पानीमा घाम ताप्न आउने फगेटा माछा अर्थात अंग्रेजी नाम द्यबचष्ष्गि कउ। जातका माछा उनको जालका प्रमुख सिकार,त्यही भएर वरपरका छरछिमेकीले नयाँ नाम जुराई दिए–‘फोगटे साल्दाई’ कहिलेकाहीँ त आधा केजी एकै छ्प्कोमा छोपिन्थ्यो ।

खाली हात कहिले फर्किनु पर्दैन थियो । माछा प्रसस्ति थिए । उनी भन्छ्न–‘अहिले त मलाई मेरो नामै भारी भैसक्यो !, नदिमा माछा छैनन । जाल बाकसमा राखे भयो ।’

हुन पनि नदि अहिले माछा नै छैनन । नदिमा जथाभावी करेन्ट लाउने , बिष लाउने, अनियंत्रित रुपमा माछा मार्ने साथै मौसममा आएको बदलावले गर्दा रैथाने जातका माछा हराउदै गएकाछ्न ।

तमोरमा पाईने फगेटा,बुदुना गर्दी सहर असला,जलकपुर जातका माछा अहिले नगन्य मात्रामा पाईन्छन ।

७२ वर्षिय सुकमान कुमाल माझी सम्झन्छन्–‘पहिले श्रीतीलाई भात चुलामा बसाउन लाएर नदि झरे माछाको तरकारी पाक्थ्यो तर अहिले घरमा पाउना आए गाउँ पस्नुपर्छ माछा खोज्न ।’

उनले थपे–‘त्यही पनि पाउदैन ।’ ‘नदि त पानीको डोरो मात्रै भयो,पानीको शोभाउ नै छैनन । हिमाल देखि ओखती घुलेर आएको पानीमा हुर्केका माछा ओखती नै हुन’– उनी भन्छ्न ।

स्थानीय जनप्रतिनीधि राजन माझी नदीमा जथाभावी करेन्ट र विष लगाउनाले नदिमा आश्रीत परिवार निक्कै समस्यामा परेको बताउँछन् ।

अहिले अवैध किसिमले करेन्ट लाउने बिसादी हाल्ने क्रियाकलाप बढे संगै नदिमा माछा कमि भएका छ्न । जाल बल्छि खेल्दा माछाका भुराहहरु पानी मै छोडिने गरि बनाईएको हुन्छ ।जस्ले गर्दा माछाको जीवन चक्रमा खासै प्रभाव पार्दैन ।

तर करेन्ट र बिसादीले माछा र माछाका खानाका रुपमा रहेका ससाना जीव समेत विनास हुने भएकाले माझीको भनाई छ ।
चौबिसे गाउँपालिकाले तमोर आसपास बसेका नदिमा आश्रीत परिवारका सुरक्षित जीवनयापन लागि नदिमा करेन्ट बीस प्रतिबन्ध लाएर जाल बल्छिछी प्रवद्र्धन गर्न प्रयास गरिरहेको बताएको छ ।

तमोर करिडोर आसपास हुने अवैध क्रियाकलाप रोकेर स्थानीयलाई सुरक्षाको अनुभुति दिलाउन फलामेटारमा अस्थायी प्रहरी बिटको स्थापना गरिएको पालिकाले अध्यक्ष राजकुमार चेम्जोङल जानकारी दिनुभयो । माछाको अस्वस्थ्य बजारीकरण व्यवस्थित गर्न पालिका लागिरहेको पनि चेम्जोङल जानकारी दिनुभयो ।

जलिय जीवनचक्र जोगाउन जनचेतना मुलक कार्यक्रमका साथै अवैध क्रियाकलापमा प्रहरी प्रशासनको उपस्तिथि गराउन नसके निकट भविष्यमा तमोर नदि माझीहरुले भनेझै एउटा बिना गहनाको पानीको डोरोमा मात्रै सिमित हुने देखिन्छ ।(प्रशिक्षार्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।