धनकुटाबाट होटलमा पार्किङ गरी राखेको मोटरसाइकल चोरीमा संग्लग्न एक जना पक्राउ

धनकुटा,१३ बैशाख । धनकुटामा मोटरसाइकल चोरीमा संग्लग्न एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ६, सुकेटार बस्ने २३ बर्षिया विषम गुरुङ रहेका छन् ।

गुरुङले हिजो राती साँगुरीगढी गाँउपालिका वडा नम्बर ६, भेडेटार चोकस्थित गाँसबास होटलमा बसेका झापाको कन्काई नगरपालिका, वडा नम्बर ३ बस्ने वर्ष २९ बर्षिया रोशन भण्डारीले होटलको पार्किङस्थलमा पार्किङ गरी राखेको प्रदेश नम्बर १-०१-०१६ प ७६९७ नम्बरको १५० CC को FZ मोटरसाइकल चोरी गरेको थियो ।

उक्त मोटरसाइकल धनीले आज बिहान होटलबाट चेक आउट गरी जानेबेलामा चोरी भएको थाहा पाई इलाका प्रहरी कार्यालय भेडेटारमा जानकारी गराउनासाथ खटिएको प्रहरी टोलीले तत्काल खोजतलास र अनुसन्धान गर्दा सोही होटलमा वेटर काम गर्ने गुरुङले चोरी गरेको खुलेपछि गुरुङलाई भेडेटार बजारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

गुरुङले चोरी गरेको मोटरसाइकल सुनसरीको धरान उपमहानगरपालिका -२, भानु चोकस्थित यात्रु सहायता कक्ष अगाडि छोडी आएको बताएपछि उक्त स्थानबाट मोटरसाइकल फेला पारी बरामद गरिएको र निजलाई चोरी कसूर अन्तर्गत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।