विराटनगरमा एमएम कप क्रिकेट शूरु, साविक विजेता आर्मीको संघर्षपूर्ण जित

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता शूरु भएको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि एमएम कप क्रिकेट प्रतियोगिता शूरु भएको हो ।

शनिबार भएको उद्घाटन खेलमा साविक विजेता विभागिय आर्मीले अर्को विभागिय टोली एपिएफलाई २ विकेटको संघर्षपूर्ण जित निकालेको छ । टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ३ बलमा सवै विकेट गुमाई १ सय ३० रनको झिनो योगफल बनाएको थियो । एपिएफका प्रकाश जैशीले अविजित ३४ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, दिपक वोहराले १६ रन, अविशेक पालले १२ रन र आयूस्मान बलमे ११ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । आर्मीका दुगेश गुप्ताले ३ विकेट लिँदा विशाल सुस्लिङ र नरेन राउदले २–२ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको झिनो लक्ष्य पाएको आर्मीले ३७ दशमलव २ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच नरेन साउदले ८४ बलमा ७ चौका प्रहार गर्दै ६४ रनको योगदान दिँदा सुमित श्रेष्ठले अविजित २१ रन र पवन कार्कीले अविजित १० रनको योगदान दिए । एपिएपका दिवन पुनले ३ विकेट लिँदा कप्तान भुवन कार्की र विकाश अग्रिले २–२ विकेट लिए ।

वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्ष टोलीले फाइनल खेल खेल्ने छन् ।

यसअघिका दुई संस्करण सुनसरीको इनरुवामा गरिएको थियो । २०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।

आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले नेपाली क्रिकेटको विकास र स्तरोन्नतिका लागि नेपालमा कमै मात्रामा हुने ५० ओभरको प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी हुने अध्यक्ष घोषले जानकारी दिए । एक करोड लागतमा आयोजना भइरहेको प्रतियोगिता विजेतालाई नगद ४ लाख र ट्रफी, उपविजेतालाई २ लाख र ट्रफी, प्लेयर अफ द टुर्नामेन्टको उपाधी जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधी जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिने अध्यक्ष घोषले जानकारी दिए ।

यस अघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एम्पायर बुद्धिबहादुर प्रधानलाई क्रिकेट बल दिएर प्रतियोगिताको उद्घाटन गरे ।
आइतबार एपिएफ र बागमती प्रदेशविच खेल हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।