प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे रेटिङ चेस हुने

काठमाडौं। संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी महासंघले सो प्रतियोगिता बैशाख २५ र २६ गते ललितपुरमा आयोजना गर्न लागेको हो । 

       यो प्रतियोगिताको मुख्य प्रायोजन प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले गरेको छ । प्रतियोगितामा प्राविधिक सहयोग नेपाल बुद्धिचाल महासंघले गरेको छ। यस अघि प्रतियोगिताको पहिलो संस्करण काठमाडौंका युवा खेलाडी सुदीप तामाङले उपाधि जितेका थिए । पहिलो संस्करणमा १११ जना खेलाडीको सहभागिता रहेको र यस पटक १५० बढी खेलाडी सहभागी हुने बताइएको छ  ।

         यस पटक प्रतियोगिताको पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ । प्रतियोगिताका विजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । साथसाथै विजेताले एक वर्षका लागि १० लाख रुपैयाँ बराबरको आवधिक जीवन बीमा सुविधा पनि प्राप्त गर्नेछन् ।
      
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार र ७ लाख रुपैयाँ बराबरको आवधिक बीमा प्राप्त गर्ने छन्। तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँको एक वर्ष अवधिको बीमा पाउनेछन् ।

      प्रतियोगितामा उत्कृष्ट १०औं स्थान सम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । विधागत तर्फ उत्कृष्ट तिन जना महिला खेलाडीले समेत नगर पुरस्कार प्राप्त गर्ने छन् । जसमा पहिलो हुनेले ७ हजार, दोस्रोले ६ हजार र तेस्रो हुने महिलाले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

      यसैगरी, उत्कृष्ट भेट्रान (वरिष्ठ खेलाडी), उत्कृष्ट नव प्रवेशी अनरेटेड, उत्कृष्ट युवा–१६ (१६ वर्षमुनी), युवा–१८ (१८ वर्षमुनी) खेलाडीहरू,  उत्कृष्ट सहकारी खेलाडी, उत्कृष्ट विमा खेलाडी लगायतलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

  चेस प्रतिस्पर्धाका प्रमुख निर्णायक एफए सोराज ताम्राकारका अनुसार नौ चरणको स्पर्धा १५ मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट समय रहनेछ भने दुई दिन चल्नेछ। 

   राष्ट्रिय सहकारी महासंघले खेल मार्फत सहकारी आन्दोलनको महत्व र सहकार्यको भावना प्रवर्द्धन गर्न बुद्धिचाल जस्तो बौद्धिक खेलको माध्यमवाट योगदान पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । आयोजकले प्रतियोगितामा सबै उमेर समूहका खेलाडीहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖