धनकुटाको साँगुरीगढीमा ४ करोडको लगानीमा बृहत् लिफ्टीङ खानेपानी आयोजनाको शिलान्यास

धनकुटा,१३ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिकामा बुढिमोरङ का ४ सय ६४ घरधुरी लाभान्वित हुने गरि बृहत् लिफ्टीङ खानेपानी आयोजनाको शिलान्यास गरिएको छ ।

आउँदो असारमा सम्पन्न हुने ४ करोड ४९ लाख रुपैयाँँ लागतको आयोजनाबाट साँगुरीगढी गाउँपालिका १ र २ का ४ सय ६४ घरधुरी लाभान्वित हुनेछन् ।

साँगुरीगढी २ को तुमबारीमा निर्माणाधिन १ लाख २५ हजार लिटर क्षमताको ट्याङ्कीबाट स्थानीय गैरीगाउँ, दानावारी, तम्फूवा, तुम्बारी टोल, कमुवा, तोरीबारी, दुर्गाचोक लगायत स्थानमा बितरण हुनेछ । प्रतिसेकेन्ड ५.२२ लिटर पानी आपूर्ति हुने आयोजनाको मुख्य मुहान कमुवा खोलामा छ ।

उक्त खोलाबाट लिफ्टीङ प्रविधि मार्फत २.९ किलोमिटर माथी पुर्याइने छ । विभिन्न स्थानमा २ वटा पम्पिङ स्टेशन रहने आयोजनाका लागि १८ किलोमिटर बितरण पाइप बिस्तार हुने संघीय खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय धनकुटाका प्रमुख भोलाप्रसाद थापाले जानकारी दिए ।

कार्यक्रममा पूर्वखानेपानी मन्त्री तथा धनकुटाका संघिय सांसद राजेन्द्र कुमार राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई लगायतको सहभागिता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।