धनकुटाको हिलेबाट १६ बर्षिया नाबालिकालाई जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ

धनकुटा,१४ बैशाख । धनकुटामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका १ हिले बुद्द चोक बस्ने २० बर्षिया सविन शेर्पा रहेका छन् ।

निज शेर्पाले गत बैशाख ३ गते आफ्नै घरको कोठामा लगि १६ बर्षिया नाबालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेकोले कारबाही गरिपाउं भनि पीडित नाबालिकाको बुबाले दिएको जाहेरी पछि पक्राउ गरिएको हो ।

गत बैशाख ९ गते जाहेरी पछि तत्काल मुद्दा दर्ता गरि अभियुक्तको खोजतलास गर्दा उक्त घटना पश्चात फरार भएका शेर्पालाई आज खोजतलासको क्रममा उनकै घरमा फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

पक्राउ परेका शेर्पालाई धनकुटा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद लिई करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖