धनकुटाबाट ट्रकमा लोड गर्दै गरेको ३८ पोका(९ सय ४६) किलो गांजा सहित एक जना पक्राउ
धनकुटा,१५ बैशाख । धनकुटाबाट ट्रकमा लगाउंदै गरेको गांजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ५ बोधेका ४३ बर्षिया मनोज लिम्बु रहेका छन् ।
सोही स्थानमा आज दिउंसो करिब १:३० बजे विशेष सुचना पाइ खटिएको प्रहरी टोलीले ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा प्लास्टिकको बोरामा ३८ पोका गाँजा (९४६ केजी) फेला पारेपछि उक्त गाँजा सहित अनुसम्धानका लागि लिम्बुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
फरार ट्रक चालकको खोजी भइरहेको साथै पक्राउ परेकाको बारेमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


