धनकुटाको महालक्ष्मी नगरका अभिभावकले गरे विद्यालय संचालन गर्न माग
धनकुटा,१५ बैशाख । धनकुटाको महालक्ष्मी नगरपालिकामा संचालित सामुदायिक विद्यालयका व्यावस्थापन समिती अध्यक्ष, सदस्य, अभिभावकले शिक्षकहरुलाई आफूहरुको समेत माग प्रति समर्थन रहेको र भोलीबाट विद्यालय भने संचालन गर्न माग गरेका छन् ।
विद्यार्थीहरुको पढाइ प्रति आफूहरु संवेदनशिल रहेकोले एक एक जना प्रतिनिधी आन्दोलनमा गएर अन्य शिक्षकले भने शैक्षिक गतिविधी संचालन गराउन उनिहरुले माग गरेका हुन् ।
शिक्षक महासंघले अनुरोध गरे अभिभावक, विद्यालय व्यावस्थापन पदाधीकारीहरु भौतिक तथा आर्थिक सहयोग गर्न प्रतिवद्ध रहेको समेत विज्ञप्तीमा जनाइएको छ ।



