धनकुटा पाख्रीबासका एक युवक विगत ८ बर्षदेखि सम्पर्कविहिन,बृद्दा आमाको बिलौना:मेरो छोरालाई खोज्न सहयोग गर्नुहोस्
धनकुटा । धनकुटाका एक युवक विगत ८ बर्षदेखि सम्पर्कविहिन भएका छन् ।
बेपत्ता हुनेमा जिल्लाको पाख्रीबास नगरपालिका २ सान्ने(हाल :पाख्रीबास ३) बस्ने ३७ बर्षिया कृष्ण बहादुर अधिकारी रहेका छन् ।

अधिकारी पहिले पनि बैदेशिक रोजगारीको लागि साउदी बसेको र नेपाल फर्केर पु:न बिदेश जान्छु भन्दै २०७४ सालतिर काठमाडौ गएको आमा बिष्णु माया अधिकारी बताउंछिन् ।
काठमाडौ जान्छु भनेर गएको छोरो यत्तिका बर्ष सम्म पनि सम्पर्कविहिन हुंदा चिन्तित बृद्दा आमाले सबै आफन्तहरुकोमा खोजतलास गरिसकेपनि हालसम्म कतै फेला नपरेको र स्वयं छोरा पनि सम्पर्कमा नआएको बताउंछिन् ।
सम्पर्कविहिन अधिकारीका बुबाको पनि करिब २०७८ तिर निधन भइसकेको र घरमा बृद्दा आमा मात्रै रहेको साथै काम गर्न सक्ने अवस्था नभएकोले बृद्द भत्ताको सहारामा जिवनयापन गरिरहेकी समाजसेवी रंग लाल राई बताउंछन् ।
बेपत्ता अधिकारीलाई कसैले कतै देख्नु भएमा वा फेला पार्नु भएमा नजिकैको प्रहरी चौकी अथवा वहांको आफन्तहरुको तलको नम्बरमा सम्पर्क गरि सहयोग गरिदिनु अनुरोध गरिएको छ ।
सम्पर्कको लागि
-९८२२५१५७१६(9822515716)
-९८१२३३६९५१(9812336951)
-९८१६३६३९६०(9816363960)


