धनकुटाको महालक्ष्मी नगरमा आज शोक बिदा
धनकुटा,१७ बैशाख । धनकुटाको महालक्ष्मी नगरपालिकाले आज शोक विदा दिएको छ ।
महालक्ष्मी नगरपालिका नगर कार्यपालिका सदस्य पिन्सा रानाको हिजो निधन भएपछि आज नपाले शोक बिदा दिएको हो ।
नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था ( आकस्मिक सेवा बाहेक), शैक्षिक संस्था तथा मातहतका सम्पुर्ण कार्यालयहरु आज बन्द रहने नगर प्रमुख ध्रुवराज रायाद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उल्लेख छ ।



