चौबिसेमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सहयोगमा गाउँमा बस सेवा सन्चालन

विनोद भण्डारी/बैशाख १७,धनकुटा(चौबिसे) । घुम्ती र अफ्ठ्यारा चारवटा खण्डमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत ढुङ्गा बिच्छ्याउने कार्य सम्पन्न भए पछि चौबिसे गाउँपालिका वडा नं. ४ को सुरुङ्गी मानेडाडा टोलमा पहिलो पटक बस सेवा सुरु भएको छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत चालू आ.ब. २०८०/०८१ मा करिव ३२० मिटर लम्बाई बाटोमा ढुङ्गा बिच्छ्याउने काम सम्पन्न पछि बस सेवा सम्भव भएको हो ।

स्वरोजगार कार्यक्रम अन्तर्गत वडाका १६ युवाले करिव ५० दिन रोजगार र मेहनेतबाट गाउँमा बस आए पछि बस स्थानीय हर्षित छ्न ।

गाउमा उत्पादित सामान बजार लैजान तथा बस चढ्नका लागि एक डेढ घण्टा हिड्नु पर्ने बाध्यताबाट मुक्त भएको स्थानिय फुल बहादुर मगरले खुशी ब्यक्त गर्नुभयो ।

वडाध्यक्ष लोकेन्द्र मगर बाह्रै महिना बस संचालन गर्ने गरि काम सुरु भएको जानकारी दिनुभयो ।

वडामा आउने सानो बजेटले जनताले अनुभुती गर्ने किसिमको काम गर्नु निक्कै चुनौतीपूर्ण रहेकोले त्यसका लागि सवैको सहयोग चाहिने मगरले बताउनु भयो । (प्रशिक्षार्थी पत्राकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।