धनकुटाको नमस्ते झरनामा होटल तोडफोडमा संग्लग्न एक जना पक्राउ
धनकुटा,१७ बैशाख । धनकुटामा होटल तोडफोडमा संग्लग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सांगुरीगढी गाउंपालिका ६ स्थित नमस्ते झरना बस्ने ३५ बर्षिया अभिषेक श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले गएराति बिहान अन्दाजी २ बजे सोही स्थान नमस्ते झरनामा संचालनमा रहेको होटलको झ्यालको सिसा तथा ढोका फुटाई तोडफोड गरेको भन्ने जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
श्रेष्ठलाई जिप्रका धनकुटामा अपराधिक उपद्रव कसूरमा अनुसन्धान भइरहेको डीएसपी खनालले बताए ।
प्रारम्भिक अनुसन्धानमा निज श्रेष्ठले विभिन्न समयमा उक्त होटलमा उधारोमा मादक पदार्थ लगायत सेवन गरेको र सो पैसा संचालकले मागेको रिसइवी साँधी राती गई तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।


