धनकुटाको चौबिसेमा लडेर एक बृद्दको मृत्यु
धनकुटा,१७ बैशाख । धनकुटामा लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको चौबिसे गाउंपालिका १ राजारानी टोल बस्ने अन्दाजी ७४ बर्षिया पदम बहादुर श्रेष्ठ रहेका छन् ।
गत बैशाख १६ गते दिउँसो घरबाट हिँडेको तर विहानसम्म घर नआएकोले खोजतलास गर्ने घरदेखि ७०० मिटर पूर्वदक्षिण रवि-राँके-भेडेटार सडकखण्ड अन्तर्गत राजापोखरी टोलमा सडकछेउमा लडेर मृत अवस्थामा फेला परेको हो ।
शवलाई आवश्यक कानूनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको साथै घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


