धनकुटामा ४ सय २१ केजी गाँजा सहित कार बरामद
धनकुटा,१७ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट सशस्त्र प्रहरी बलको नेपाल विपद् व्यावस्थापन वेश मुलघाटको टोलीले प्रतिबन्धीत ४ सय २१ केजी गाँजा सहित कार बरामद गरेको छ ।
धनकुटा बाट धरान तर्फ जाँदै गरेको को २ प १७३४ नम्बरको कार लाई साँगुरीगढी गाउँपालिका १ मा रहेको प्रहरी चेक्क पोस्टमा शंका लागि कार रोक्न खोज्दा भागे पछी मोवाइल गस्ती टोलीले पिछा गर्दा कार छोडी चालक फरार रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


