धनकुटाबाट लागूऔषध गांजा सहित एक जना पक्राउ
धनकुटा,वैसाख १८ गते । धनकुटाबाट लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा प्र. १-०२-०५५ प ३९०७ नम्वरको मोटरसाईकल चालक छथरजोरपाटी गाउपालिका-५ का २४ वर्षीय निमा शेर्पालाई २ किलो ग्राम गाँजा सहित पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेकाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


