धनकुटाको साँगुरीगढीमा पर्यटकीय क्षेत्र तथा पूर्वाधार विकासका लागि पिकनिक स्थल निर्माण

हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–८, ठलुङ्टार स्थित तातोपानी तरीटोल वस्ती संगठनको आयोजनामा पर्यटकीय क्षेत्र तथा पूर्वाधार विकासका लागि पिकनिक स्थल निर्माण गरिएको छ।

तमोर नदीको किनारमा अवस्थित उक्त स्थलमा पिकनिक तथा ऱ्याफ्टिङ ग्रुपहरु आउने गरेको पाइन्छ। यस स्थलमा पिकनिक खाने टहरा, शौचालय, खानेपानी र पार्किङको व्यवस्था रहेको छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो रमणीय ठाउँ अब पिकनिक कार्यक्रम मनाउने मात्र नभई, शान्त वातावरणमा समय बिताउन चाहने पर्यटकको रोजाइमा पर्ने सम्भावना बढेको छ।

साँगुरीगढी गाउँपालिकाको सहयोग तथा स्थानीय बासिन्दाको सक्रिय सहभागितामा निर्माण सम्पन्न भएको यस पिकनिक स्थलले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यस स्थलले स्थानीय आर्थिक विकास, आन्तरिक पर्यटकीय प्रवाह तथा प्राकृतिक सौन्दर्य संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।