धनकुटाको पाख्रिबास स्थित जालपादेवी क्याम्पसमा आज शोक बिदा
धनकुटा,१९ बैशाख ।धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित जालपादेवी क्याम्पसले आज शोक बिदा दिएको छ ।
उक्त क्याम्पसका वर्तमान क्याम्पस सञ्चालक समितिका सदस्य, समाजसेवी, क्याम्पसका चन्दा दाता पाख्रीबास नपा ४ निवासी श्याम बहादुर गुरुङ्गको गत बैशाख १५ गते निधनमा शोक बिदा दिएको हो ।
उहांको निधनले क्याम्पसलाई अपुरणीय क्षति पुगेको साथै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने क्षमता प्राप्त होस् भनी हार्दिक समवेदना सहित आज शोक विदा गरिएको सहायक क्याम्पस प्रमुख राजन खनालद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।



