मोरङ र सुनसरीबाट लागुऔषध खैरो हिरोइन सहित ३ जना पक्राउ
विराटनगर, बैशाख १९ । मोरङ र सुनसरीको दुई छुट्टा छुट्टै स्थानहरुबाट बैशाख १९ गते लागुऔषध खैरो हिरोइन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २९ बर्षीय विकेश भट्टराईलाई विराटनगर महानगरपालिका-१५ स्थितबाट १ ग्राम ६४ मिलिग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सप्तरीको कन्चनरुप नगरपालिका-८ कन्चनपुर का २७ बर्षीय सर्वन राम र कन्चनरुप-९ का १९ बर्षीय प्रदिप कुमार यादवलाई ८०० मिलिग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको हो ।
लागुऔषध खैरो हिरोइन सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


