धनकुटामा टेम्पो दुर्घटना
धनकुटा । धनकुटामा टेम्पो दुर्घटना भएको छ ।
जिल्लाको धनकुटा नगरपालिका–६ स्थित पेट्रोल पम्प नजिक ओरालोमा टेम्पो दुर्घटना भएको हो ।
दुर्घटनामा धनकुटा–६ बिच बजारका चालक सुरज श्रेष्ठ सहित महेन्द्र श्रेष्ठ, नविनराज भण्डारी र लिबर्टी क्याम्पसका एक शिक्षक सवार रहेका थिए।
उनीहरू सबै घाइते भएका छन् र हाल धनकुटा अस्पतालमा उपचाररत छन्। अस्पताल स्रोतका अनुसार सबैको चोट सामान्य रहेको छ र अवस्था खतरामुक्त छ।
घटनाको जानकारी पाएपछि सुरक्षाकर्मी तथा स्थानीयले उद्धार कार्य गरेका थिए। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।


