उदयपुर, झापा, सुनसरी र मोरङबाट प्रतिबन्धित औषधी ब्राउन सुगर सहित ७ जना पक्राउ

विराटनगर,बैशाख २० गते । उदयपुर, झापा, सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वैशाख १९ गते बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ बाट खटिएको प्रहरी टोलिले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय सुमन राईलाई निजकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट, ट्रमाडोल गरी २ सय २ ट्याब्लेट र ब्राउन सुगर १२ मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको प्रहरी टोलिले मेचिनगर नगरपालिका-६ का २९ वर्षीय दिपक मल्लिक,२५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र २१ वर्षीय बिजय भुजेललाई १ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका-१० का २१ वर्षीय अनमोल राईको घरबाट लागू औषध गाँजा २ सय ५९ ग्राम, औषधी कोलिवन र ट्रामाडोल गरी ७ सय ३६ ट्याब्लेट सहित नियनत्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।