खोटांग, उदयपुर, सुनसरी र मोरङबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ९ जना पक्राउ

विराटनगर,वैशाख २१ गते । खोटांग, उदयपुर, सुनसरी र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २१ गते दिउँसो मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलले चेकजाँचको क्रममा मोरङ बेलबारी नगरपालिका-११ का १९ वर्षीय दिवश धिमाललाई २ ग्राम ४७ मिलिग्राम, बेलबारी-२ का २१ वर्षीय सन्तोष ऋषिदेवलाई ३ ग्राम २७ मिलिग्राम र भारत बिहार पुर्णिया का २५ वर्षीय गौरब जैनलाई ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका-४ का ४५ वर्षीय चन्द्र शेखर मण्डललाई ब्राउन सुगर २ ग्राम ९५० मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी सुनसरीको प्रहरी चौकी कप्तानगंजले देवानगंज गाउँपालिका-५ का ३१ वर्षीय पप्पु यादवलाई ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी खोटाङले साकेला गाउँपालिका-२ का २२ वर्षीय संगम राई र २८ वर्षीय सैलेश बजिमयलाई प्रतिबन्धित औषधी Tramadol १४५ क्यापसुल र १५६ ट्यावलेट Diyse-20 सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका -१३ की २७ वर्षीया कल्पना चौधरी र ५५ वर्षीय देव नारायण चौधरीलाई ३ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।