रोजगारीका लागि हातमा आवश्यक सिप हुनु जरुरी छः श्रममन्त्री भण्डारी

काठमाडौं, २१ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारी पाउनका लागि हातमा आवश्यक सिप हुनुपर्ने बताएका छन ।

 

आइतवार काठमाडौंमा ग्रील तथा स्टील व्यवसायी महासंघको ३० औं स्थापना विदसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले देशभित्र रोजगार पाउनका लागि आवश्यक सिप भए रोजगारीका थुप्रै अवसरहरु उपलब्ध हुने बताएका हुन ।

 

उनले हातमा आवश्वयक सिप भए देश भित्र पनि रोजगारको प्रवल सम्भावना रहेको दाबी गरे । मन्त्री भण्डारीले भने, देश भित्र पनि सिपयुक्त कामदारका धेरै माग छन, तर सिप नहुँदा बाहिरबाट आएका मान्छेहरु नेपालमा काम गरी रहेका छन । तर, हाम्रा युवाहरु थोरै सेवा सुविधामा विदेशी रहेका छन ।’

 

देश भित्रका विभिन्न क्षेत्रमा रोजगारीको अवसरहरुको खोजी भईरहेको बताउँदै आवश्यक तालिम र सिप दिएर तिनीहरुलाई रोजगारसँग जोडनु पर्ने उनले बताए । उनले भने, ‘देश भित्रका परम्परागत व्यवसायीलाई संरक्षण गर्नुपर्छ । तर, आधुनिक व्यवसायीलाई पनि अँगाल्दै बजार विस्तार गर्न अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याउनु पर्छ । यसले मुलुकको आर्थिक समृद्धिमा पनि टेवा पुग्नेछ’ मन्त्री भण्डारीले काम गरेर खानु भनेको सम्मान र इज्जतदार काम हो, बुझाउन नसक्दा युवाहरु देशभित्रै कामनगरी विदेशीएको भन्दै चिन्ता व्यक्त गरे ।

 

उनले भने, ‘कामलाई सम्मान र आवश्यक तालिम दिएर दक्ष जनशक्ति तयार गर्न अब ढिला गर्नु हुँदैन । मिहनेत र काम गर्ने संस्कृतिको विकास गर्नु जरुरी छ ।’ उनले देशभित्रका सबै आर्थिक सूचकहरु सुधार हुँदै गएको जिकिर गर्दै अगामी दिनमा देशभित्र आन्तरिक रोजगारीको अवसरहर पनि सृजना हुने दाबी गरे । मन्त्री भण्डारीले ग्रील तथा स्टील व्यवसायी क्षेत्रलाई अझै सम्मानित क्षेत्र बनाउन आग्रह गर्दै यस क्षेत्रमा लागेका प्रत्येक व्यक्तिले टाउको उठाएर काम गर्ने व्यवसायीको रुपमा काम गर्न आग्रह गरेका छन । 

 

उनले देशभित्र आन्तरिक रोजगार सृजना गर्नका लागि नेपाल सरकार, श्रम मन्त्रालय सबै सरोकारवाला पक्षसँग सहकार्य गर्न तत्पर रहेको स्पष्ट पार्दै देशभित्रका रोजगारीको अवसरहरु उजागार गर्न ढिला गर्न नहुने जिकिर गरे । मन्त्री भण्डारीले आन्तरिक र वैदेशिक रोजगारीलाई ७ सय ५३ स्थानीय तहसम्म विस्तार गर्न भर्खरै लन्च गरिएको श्रमसंसार पोर्टल मार्फत रोजगारीका अवसर,सिपमुलक तालिम, कामदारको माग तथा आवश्यक सम्पूर्ण सेवाहरु एकद्वार प्रणाली मार्फत डिजिटाइसेजन सेवा सुरुवात गरिएको बताउँदै सबैलाई त्यसमा आवद्ध हुन आव्हान गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖