झापामा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु
झापा । झापाको भद्रपुर-४ बाहुन गाउमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
स्कुटरमा सवार भद्रपुर २ गौरीशंकर माबो चौकका वर्ष ३५ का अनिल सुब्बाको दुर्घटनामा परी मृ,त्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक घाईते भएका छन । उनीहरु दमक देखि भद्रपुर जाने क्रममा कल्भर्टमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


