धनकुटामा बस दुर्घटना,एक जनाको मृत्यु

धनकुटा,२२ बैशाख । धनकुटामा बस दुर्घटना भएको छ ।

आज बिहान करिब १०:१० बजे जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६ गोठगाँउ स्थित कोशी लोक मार्गमा धरानबाट भोजपुर तर्फ जादै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई बाटो बाट अन्दाजी ५० मिटर तल खस्दा दुर्घटना भएको हो ।

घटनाको खबर प्राप्त हुनसाथ जिप्रका धनकुटाबाट प्रहरी निरीक्षक विष्णु बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोली घाईतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो ।

घाइते हुनेमा भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष अन्दाजि २० को सुर्यमणी तामाङ, सोही स्थानका ११ बर्षिया अनमोल तामाङ,सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बस्ने ४८ बर्षिया कृष्ण राउत,बस चालक सुनसरीको धरान उपमनपा १३ बस्ने वर्ष ५१ को रुद्र तामाङ, भोजपुर पौवादुम्बा गापा वडा नम्बर ३ च्याङ्रे बस्ने वर्ष ८० को गंगा प्रसाद सापकोटा , भोजपुर नपा ११ बस्ने वर्ष २४ की सविना बराइली,भोजपुर नपा ११ बस्ने वर्ष ६० को देवी विक, धनकुटाको साँगुरीगढी गापा ६ बस्ने वर्ष ६० को हंश वहादुर राई, भोजपुर षडानन्दा नपा ११ बस्ने वर्ष ५१ को पुर्ण माया तामाङ,सुनसरी इटहरी उपमनपा ४ बस्ने वर्ष १७ को आयुष , धनकुटा नगरपालिक वडा नम्बर ६ बस्ने वर्ष ३४ को धन कुमार , भोजपुर नपा ११ बस्ने वर्ष ५८ को लिला बहादुर श्रेष्ठ, धनकुटा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ७३ की कृष्ण कुमारी भुजेल,धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर ०६ बस्ने वर्ष ६० की दिर्घ माया राई रहेका छन् ।

घाइते मध्ये धनकुटा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ७३ की कृष्ण कुमारी राई भुजेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

घाइते मध्ये केहीको जिल्ला अस्पताल धनकुटामा र केहीलाई बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।