धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सवको तयारी अन्तिम चरणमा

धनकुटा, २२ बैशाख । धनकुटामा मंगलबार बाट सुरु हुने औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । भोली बाट सुरु हुने औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सवको तयारी अन्तीम चरण पुगेको कार्यक्रम सुरु गर्नु पर्ने बेला सम्म तयारीको काम रहने भए पनि अव सबै तयारी सम्पन्न भएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकार दिनु भयो ।

मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितरणका लागि सामाग्री राखिने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्व बहादुर श्रेष्ठले जानकारी दिनु भयो । साथै धनकुटाका विभिन्न स्थानमा रहेका पर्यटकिय क्षेत्रहरुको फोटो प्रदर्शनी समेत रहने र कृषि तथा उद्यमी पुरस्कार वितरण लगायतका कार्यक्रम समेत समेटिएको श्रेष्ठले बताउनु भयो ।

कोशी प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने गरि धनकुटामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न लागिएको मेला आयोजक समितिका संयोजक विजय सन्तोषी राईले बताए ।

कार्यक्रमको उत्घाटन कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले गर्ने समेत आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।