धनकुटाको पाख्रिबास स्थित जालपादेवी माबिले दियो भोलि शोक बिदा
धनकुटा,२२ बैशाख ।धनकुटाको पाख्रिबास नगरपालिका ४ स्थित जालपादेवी माध्यमिक बिद्यालयले भोलि बैशाख २३ गते मंगलवारका दिन शोक बिदा दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा वर्तमान सदस्य पाख्रीबास नपा ४ निवासी श्याम बहादुर गुरुङ्गको गत बैशाख १६ गते निधनमा बिद्यालयले शोक बिदा दिएको हो ।
उहांको ‘८ औं दिनको पूण्यतिथिका दिन आत्माको चिरशान्तिको कामना गर्दै १ दिन शोक बिदा दिने निर्णय भएको हुँदा भोलि विद्यालयको सम्पूर्ण कार्य सञ्चालन नहुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ’ बिद्यालयका प्रधानाध्यापक निर्मल रिमालद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।



