धनकुटा बस दुर्घटना अपडेट : बस चालकको पनि उपचारका क्रममा मृत्यु,मृतकको संख्या दुई पुग्यो
धनकुटा,२२ बैशाख । धनकुटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान उपमहानगरपालिका १३ बस्ने ५१ बर्षिया रुद्र तामाङको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा बेलुका ७:३४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यस अघि धनकुटा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ७३ की कृष्ण कुमारी राई भुजेलको उपचारको क्रममा मृत्यु भएको थियो ।
बस चालकको मृत्यु भएसंगै दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
आज बिहान करिब १०:१० बजे जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ६ गोठगाँउ स्थित कोशी लोक मार्गमा धरानबाट भोजपुर तर्फ जादै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रीत भई बाटो बाट अन्दाजी ५० मिटर तल खस्दा दुर्घटना भएको थियो ।


