ओखलढुंगामा बिधुतिय करेन्ट र तेह्रथुममा चट्याङले लागेर दुई जनाको मृत्यु

विराटनगर, वैशाख २३ गते । ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर १ जना र तेह्रथुमको आठराईमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ ।

वैशाख २२ गते ओखलढुंगाको खिजिदेम्वा-८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

सोही दिन अपरान्ह तेह्रथुमको आठराई गाउँपालिका-३ स्थितमा लिम्बु जातिको मन्दिर बनाउने क्रममा हावा हुरी र पानी संगै परेको चट्याङले लागी घाईते भएका स्थानिय ४५ बर्षीय सागर थिङ्लापुको उपचारको क्रममा जिल्ला अस्पाताल पाँचथरमा मृत्यु भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।