धनकुटाका एकजना सहित लागूऔषध गाँजा र ब्राउन सुगर ओसारपसारमा संग्लग्न दुई जना पक्राउ
विराटनगर, वैशाख २३ गते । सुनसरी र मोरङबाट लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख २२ गते सुनसरीको धरान उपमहानगरपालिका-४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चौबिसे गाउँपालिका-३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ ।
यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर-१५ स्थितबाट बेलबारी नगरपालिका-४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।


