प्राकृतिक सौन्दर्य, शान्त वातावरण र समृद्ध संस्कृतिको सुन्दर संगम नाम्जे (फोटो फिचर)

निरुता भट्टराई,धनकुटा । धनकुटा जिल्लाको भेडेटार क्षेत्र नजिकै अवस्थित नाम्जे गाउँ प्राकृतिक सौन्दर्य शान्त वातावरण र समृद्ध संस्कृतिको सुन्दर संगम हो।

धरानबाट करिब १८ किलोमिटरको दुरीमा रहेको यो गाउँ समुन्द्र सतहबाट लगभग १७०० मिटरको उचाइमा पर्छ। यहाँका घरहरू परम्परागत शैलीमा बनेका छन् । गाउको सफाइ, हरियाली तथा समुन्नत जीवनशैलीले आगन्तुकलाई आकर्षित गरेको छ।

पछिल्लो समयमा नाम्जे होमस्टे पर्यटनका लागि पनि प्रसिद्ध बन्दै गएको छ । मगर समुदायले सञ्चालन गरेको होमस्टेमा पर्यटकहरूले स्थानीय जीवनशैली अनुभव गर्न सक्छन्। गाउँबाट सुन्दर हिमालहरूको दृश्य साथै पूर्वी नेपालको प्राकृतिक सौन्दर्य व्यापक रूपमा अवलोकन गर्न सकिन्छ।

गर्मीमा तराईको गर्मी छल्न र जाडोमा घाम ताप्न मिल्ने वातावरण रहेको चुरे पहाडमा अवस्थित नाम्जेबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ। शान्त वातावरण, हरियाली बगैंचा, पारम्परिक अतिथि सत्कार र जैविक खानेकुराले नाम्जेलाई पर्यटकहरूको लागि विशेष आकर्षित गरेको छ।

नाम्जे नजिकैको भेडेटार र धरानजस्ता लोकप्रिय स्थलसँग यसको पहुँचले थप सहजता र आकर्षण दिएको छ। सांस्कृतिक, प्राकृतिक र ग्रामीण पर्यटनको उत्कृष्ट उदाहरणका रूपमा नाम्जे आजधेरैले चिनेका छन्। पर्यटकीय गन्तव्य बन्ने विभिन्न सम्भावना बोकेको उक्त क्षेत्रमा स्थानीय सरोकारवाला निकायहरूको ध्यान भने जान सकेको छैन।

स्थानीय युवा व्यवसायिअरुण खड्काका अनुसार स्थानीय मानिसहरूको पहलमा आर्थिक संकलन गरी त्यहाँको विकासका लागि स्थानीय मानिसहरू लागेको बताएका छन् । उनका अनुसार नाम्जे क्षेत्रमा आन्तरिक तथा बाह्यय पर्यटकहरूको पनि आगमन बढ्न थालेको छ। नेपालका पूर्वी पहाडी जिल्ला सुनसरी, झापा, मोरङ, विराटनगर साथै छिमेकी राष्ट्र भारत का विभिन्न ठाउँबाट पर्यटकहरू आउने साथै पछिल्लो समय पिकनिक ,क्याम्पिङका लागि समेत पर्यटकको आकर्षण बढिरहेको छ।

क्याम्पिङका लागि आवश्यक पर्ने सामग्रीहरु समेत पर्यटकको सहजताका लागि उनले नै सहजीकरण गर्दिने गरेका छन्। यसरी दिनप्रतिदिन आन्तरिक र बाह्यय पर्यटकको आगमनमा वृद्धि भइरहँदा स्थानीयको आर्थिक अवस्थामा समेत सुधार आएको छ।सामान्य कृषि पेशामा सँलग्न रहेका नाम्जेका सर्वसाधारणको परिवर्तन भएको छ । यहाँका पर्यटकिय क्षेत्रले नाम्जेलाई हिजो कृषिकर्ममा आबद्ध भएको गाउँको रुपमा होइन, एक पृथक पर्यटकीय गाउँको रुपमा उभ्याएको छ ।

केही वर्ष पहिले आफूले उत्पादन गरेका कृषि उत्पादन करिब १८ किलोमिटरको दुरीमा पर्ने धरान बजार पुर्याउन पर्ने बाध्यता अहिले हटेको छ । कारण हो होमस्टेको अवधारणा । वातावरणिय हिसाले विश्वको उत्कृष्ट गन्तव्य मध्ये एकमा पर्न सफल सांगुरीगढी ६ को नाम्जे गाउँ पहाड तथा त्यहाँबाट देखिने विभिन्न किसिमका प्राकृतिक दृश्यहरू र मौसमको कारणले प्रचलित छ । साथै स्थानीय रुपमा उत्पादन हुने विभिन्न सामग्रीहरू त्यही क्षेत्रमा उपभोग हुन थालेको छ।

यसरी दिनप्रतिदिन विकास भइरहेको नाम्ज पर्यटकीय हिसाबले सुन्दर गन्तव्यको रुपमा रहेको छ। यस क्षेत्रमा विभिन्न सरकारी निकायहरूको ध्यान जान सके पर्यटकको आगमन थप बढाउन सकिने सम्भावना बोकेको क्षेत्र नाम्जे हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।