झापामा टिपर, कार र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
झापा । झापाको पाडाजुङ्गीमा केहीबेर अघि टिपर, कार र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकलमा सवार १ जना र कारमा रहेका २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
घाइतेहरूलाई दमकस्थित लाईफलाइन अस्पतालमा उपचारका लागि पठाइएको छ।


