झापा, सुनसरी र मोरङबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ पक्राउ

विराटनगर, वैशाख २४ गते । झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट निषेधित औषधी र खैरो हिरोइन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २३ गते मोरङ बिराटनगर-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी इटहरी उप-महानगरपालिका-३ का २३ वर्षीय एमन खापुङलाई खैरो हिरोइन १ ग्राम १५ मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-४ आईतवारेमा कोठा भाडालिई बस्दै आएका ४२ वर्षीय योगेन्द्र तुङहाङलाई प्रतिवन्धित औषधी-४० चक्की र खैरो हिरोइन ३ सय १० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलिले बिर्तामोड -८ स्थितमा कोठा भाडा लिई बस्दै आएका २६ वर्षीय खड्ग सिंह माझी र २० वर्षीय मुस्कान भुजेललाई खैरो हेरोईन ३ ग्राम २ सय २० मिलिग्राम सहित पक्राउ गरेको छ ।

सोही दिन Spasmoproxyvon ८ सय ९२ क्याप्सुल, नाइट्रोसन-७० चक्की, ESCUF-४० बोतल सहित सुनसरी धरान-८ का ३८ वर्षीय मनोज विश्वकर्मालाई र धरान उप-महानगरपालिका-३ स्थितमा रहेको क्वालिटी फुड कर्नर होटल एण्ड लजमा बसेका कैलाली धनगढी का ३१ वर्षीय निखिल भन्ने वसन्त राजवंशीलाई निषेधित औषधी- spasmoproxyvon ३ सय ७० क्याप्सुल सहित वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।