सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय धनकुटा सहित दुई स्थानीय पालिकालाई ज्ञापन पत्र प्रदान

नरेन्द्र कश्चित/वैशाख २४,धनकुटा । सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समितिले आज जिल्ला प्रशासन कार्यालय धनकुटा,सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकालाई कोशी उच्च बाँध निर्माण योजना खाारेजीको माग गर्दै ज्ञापन पत्र बुझाउदै छ ।

शहिदभूमि गाउँपालिकामा ज्ञापन पत्र बुझाइ संघर्ष समिति जिल्ला प्रशासन कार्यालय र साँगुरीगढी गाउँपालिका कार्यालयलाई उच्च बाँध निर्माण योजना खाारेजीको माग सहित ज्ञापन पत्र बुझाइने संघर्ष समितिका अध्यक्ष असिम राईले बताए ।

सहिदभूमि गाउँपालिकामा पेश गरिएको ज्ञापन पत्रमा भनिएको छ नेपालको समृद्धि र विकास अत्यावश्यक भए पनि, त्यसको मूल्यमा स्थानीय जनताको जीवन, संस्कृति र अस्तित्वको बलिदान स्वीकार्य छैन । कोशी उच्च बाँधजस्तो एकपक्षीय परियोजनाले हाम्रो पुख्यौली भूमि, प्राकृतिक स्रोत, सामाजिक संरचना र सांस्कृतिक पहिचानलाई स्थायी डुबानमा पार्ने गम्भीर खतरा निम्त्याएको छ। यस अन्याय र सम्भावित विनाशको विरुद्ध, हामीले कोशी उच्च बाँध विरुद्ध संघर्ष समिति गठन गर्दै संगठित, शान्तिपूर्ण र बौद्धिक आन्दोलनको घोषणा गरेका छौं ।

सप्तकोशी उच्च बाँधले भौगोलिक विनास, सांस्कृतिक विनाश,प्राकृतिक विनाश, सामाजिक अन्याय लगायतका प्रभावित समुदायको पूर्वसहमति विना परियोजना अघि बढाइनु लोकतान्त्रिक मूल्य र मानव अधिकारको स्पष्ट उल्लङ्घन हो भनेर ज्ञापन पत्रमा भनिएको छ ।

यसपछि डुबान क्षेत्रका जिल्ला जिल्लाका माननीय संघीय संसदहरु समेतलाई ज्ञापन पत्र बुझाइने संघर्ष समिति अध्यक्ष राईले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।