वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू

विराटनगर, २५ बैशाख । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) मोरङको अध्यक्षमा योगेन लिम्बू चयन भएका छन् ।

वाइसिएल मोरङको तेस्रो जिल्ला सम्मेलनबाट लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनाल चयन भएका छन् । साथै, सचिवको जिम्मेवारी सुशन खड्का चयन भएका छन् ।

सह–सचिवमा रोशन राई, जमिन मङ्ग्राती र महेन्द्र सोनार चयन भएका छन् भने कोषाध्यक्षमा इन्द्रबहादुर राई चयन भएका छन् । अध्यक्ष योगेन लिम्बूले कार्यभार ग्रहण गर्दै युवा सशक्तीकरण, सामाजिक परिवर्तन र जनहितका कार्यहरूलाई प्राथमिकता दिने बताएका छन् ।

नवनिर्वाचित उपाध्यक्ष मोहम्मद रेहानले वाईसिएल नेपाल मोरङले आगामी दिनहरूमा समुदायको लागि थप प्रभावकारी र उपयोगी योजनाहरू ल्याउने योजना बताए । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसिएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटाले गरेका थिए ।

सम्ेमलनमा माओवादी पार्टीका विभिन्न नेता र अन्य सामाजिक संस्थाका प्रतिनिधिहरूले नयाँ समितिलाई बधाई र सफल कार्यकालको शुभकामना दिए । नयाँ नेतृत्वले संगठनलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।