धनकुटाबाट १० किलो लागुऔषध गांजा सहित एक जना पक्राउ
धनकुटा,२६ बैशाख । धनकुटाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको सहिदभूमि गाउंपालिका ५ खोकु बस्ने ३१ बर्षिया उद्धव राई रहेका छन् ।
आज बिहान करिब ७:४० बजे साँगुरीगढी गापा ६ भेडेटार चोकमा इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्र.ना.नि.रमेश प्रधानको कमाण्डमा खटिएको टोलिले धनकुटाको हिले देखि ईटहरी तर्फ जादै गरेको प्र १-०२-००१ ज ४३२६ नं. को टाटा विंङगर माईक्रोलाई जाँच गर्ने क्रममा उक्त माईक्रोको पछाडि डिक्किमा रहेको जेब्रा झोलालाई शंका लागि जाँच गर्दा उक्त झोलाभित्र बोरामा प्याक गरी राखेको १० किलो लागुऔषध गाँजा फेला पारेपछि अनुसन्धानको क्रममा सोहि माईक्रो गाडीमा सवार राईको गांजा भएको खुल्न आएकोले उक्त गाँजा वरामद गरी निजलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
पक्राउ परेकालाई जिप्रका धनकुटा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


