पहलगाम घटनाको रास्वपाद्वारा निन्दा

काठमाडौं, २६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक नेपाली नागरिक सहित २६ जनाको ज्यान लिने गरी पहलगाम, काश्मिरमा भएको आतंकवादी हमलाप्रति कडा निन्दा गरेको छ । 

 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले पहलगाम आक्रमणको निन्दा गर्दै आतंकवादले कसैको पनि हित नगर्ने बताएका हुन् । 

 

उनले पहलगाम आक्रमणपछि भारत र पाकिस्तान  विच  तनावको अवस्था देखिएको उल्लेख गर्दै आफ्नो छिमेकि मात्र हैन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरतामा नेपालको स्वभाविक चासो हुनु पर्ने बताएका छन् । 

 

उनले भने- `परराष्ट्र मन्त्रालयाले ढिलै गरेर भएपनि , हिजो साँझ व्यक्तव्य मार्फत सार्वजनिक गरेको “आतंकवादका  विरुद्धको अडान” को स्वागत गर्दै भारत-पाकिस्तान वीच “युद्व” को स्थिति बन्न गएमा नेपाललाई पर्ने सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको असरका साथै पश्चिम भारतमा र पाकिस्तान मा रहेका नेपाली हरु माथि पर्न सक्ने प्रभाव सम्मको आकलन गरी  योजना निर्माण गर्न माग गर्दछु ।’ 

 

त्यस्तै उनले पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीहरूले उद्धारको अनुरोध गरेको जानकारी दिदै तुरुन्त उद्धार र सुरक्षाको पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

 

साथै, उनले संसदलाई समग्र परिस्थितिको मूल्याङ्कन र नेपाल सरकारको तयारीबारे जानकारी गराउन रूलिंङको माग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।