धनकुटाको साँगुरीगढीका किसान व्यावसायिक अलैँची खेती तर्फ अग्रसर(फोटो फिचर)
हिराराज राई,धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ र ८ को सिमा क्षेत्र, विशेषगरी फेसुवा खोलाको आसपासका बासिन्दा पछिल्लो समय अलैँची खेतीमार्फत राम्रो आम्दानी गर्न सफल भएका छन्। स्थानीय किसानहरू अहिले अलैँची उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाउँदै आर्थिक समृद्धिको बाटोमा अघि बढिरहेका छन्।
यस क्षेत्रमा उपयुक्त मौसम, उर्वर माटो र खोलाको वातावरणले गर्दा अलैँची खेती फस्टाएको हो। अलैँचीको बजारमा बढ्दो मागले गर्दा यस क्षेत्रलाई अलैँची उत्पादनको नमूना क्षेत्र बनाउने सम्भावना देखिएको छ। स्थानीय सरकारले प्रविधियुक्त खेती गर्न तालिम तथा मल वितरण गर्यो भने झन् अलैँची खेती बढ्ने किसानहरू बताउछन्।
यसरी, फेसुवा खोलाको वरपर बसोबास गर्ने किसानहरूले अलैँची खेतीमार्फत जीवनस्तरमा परिवर्तन ल्याउनुका साथै गाउँको समग्र आर्थिक विकासमा समेत योगदान पुर्याइरहेका छन्।






