झापाको दमकमा मोटरसाइकल पार्किङको विषयमा विवाद हुँदा झडप
झापा । झापाको दमक–५ क्याम्पस मोडमा गएराति मोटरसाइकल पार्किङको विषयमा विवाद हुँदा झडप भएको छ।
कुटपिटमा एक जना घाइते भई अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुई मोटरसाइकल नियन्त्रणमा लिई घटनामा संलग्न व्यक्तिहरुको खोजी गरिरहेको छ।


