बुबाको बार्षिक पुण्यतिथिकै दिन घरमा आगो लागेपछि
मोरङ । बुवाको वार्षिक पुण्यतिथिको तयारी गर्दै गर्दा अचानक ग्यास लिक भई आगो लाग्दा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० त्रिवेणी चोकमा शनिबार बिहान एउटा घर जलेर नष्ट भएको छ ।
“रोटी पकाउन तयारी गर्दागर्दै ग्यास लिक भएर एक्कासि आगोको मुस्लो निस्कियो, त्यसपछि सिलिन्डर पडकियो र आगो झन् फैलियो,”।
शनिबार बिहान स्थानीय सुमन भेटुवालको घरमा बिहान करिब ७ बजे आगलागी भएको हो। आगलागीबाट घरसहित घरभित्र रहेका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका प्रहरीले जनाएको छ।
आगलागीको क्रममा दुईवटा ग्यास सिलिन्डर विस्फोट भएका थिए। घटना लगत्तै सुन्दरहरैँचा र बेलबारी नगरपालिकाका बारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो।


