आदिबासी सम्बन्धी पाठ्यक्रम निर्माणका लागि धनकुटामा सुझाव संकलन
धनकुटा,२८ बैसाख । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेसन ललितपुरले धनकुटामा उक्त विश्वविद्यालको स्नाकोत्तर तहमा अध्यापन सामाग्री निर्माण गर्न “आदिवासी शिक्षा र विकास” सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिरहेको छ ।
नेपाल पत्रकार माहासंघ धनकुटाको सभा हलमा बिहान ७ बजेबाट शुरु भएको अन्तरक्रिया कार्यक्रममा बिस्वबिधालयका प्राध्यापकहरु ईन्द्रमणी राई र लिना गुरुङले कार्यपत्र प्रस्तुत गरिरहनु भएको छ ।
उक्त प्रस्तुती माथी जिल्लामा रहेका संबिधान सभा सदस्य,सामाजिक अभियान्ता,विभिन्न जतिय सस्थाका प्रतिनिधि,प्राध्यापकहरुले सुझाव दिने कार्यक्रम चलिरहेको छ ।




