धनकुटामा इभी र बस ठोक्किंदा दुर्घटना, पांच जना घाइते(नामावली सहित)
धनकुटा,२८ बैशाख । धनकुटामा इभी र बस ठोक्किंदा पांच जना घाइते भएका छन् ।
आज बिहान करिब ११:१७ बजे जिल्लाको सांगुरीगढी गाउंपालिका १ स्थित लाबरबोटेमा धनकुटाबाट धरानतर्फ जांदै गरेको प्रदेश नं१-०२-००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट आउंदै गरेको प्रदेश नम्बर १-०२-००२ ख ०३७३ नम्बरको बस एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा इभीमा सवार सुनसरीको रामधनी ३ बस्ने वर्ष ५८ को जानुका देवी खतिवडा, भोजपुर जिल्लाको भोजपुर नगरपालिका १० बस्ने वर्ष २१ को अमिर राई ,वर्ष ६१ को हर्क बहादुर राई, वर्ष २० की सोफिया राई र इभी चालक चालक भोजपुरको भोजपुर नपा ८ बस्ने वर्ष ४० को विपिन नेपाल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
दुर्घटनास्थलमा प्रहरी टोली खटी गई गाडीमा च्यापिएका चालक सहित घाईतेहरूलाई उद्धार गरी घाईतेहरुको उपचारको लागी विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
बस चालक सुनसरीको ईटहरी उपमहानगरपालिका १७ बस्ने वर्ष ४९ को कुल बहादुर मगरलाई प्रहरी चौकी मुलघाटले नियन्त्रणमा लिएको साथै बसमा सवार सम्पुर्ण यात्रु शकुशल रहेको र बाटो अवरोध नभएको डीएसपी खनालले बताए ।



