सरस्वती माबिद्वारा छात्रबृत्ति तथा पुरस्कार बितरण

विनोद भण्डारी /बैशाख २९,धनकुटा(चौबिसे) । चौबिसे गाउँपालिका वडा नं.४ फलामेटार स्थित सरस्वती माध्यमिक विधालयले आफ्ना बिद्यालयका बिद्यार्थी तथा शिक्षकलाई छात्रबृत्ति बितरण तथा पुरस्कृत गरेको छ ।

स्थित सरस्वती माध्यमिक विधालयले आफ्ना बिद्यालयका बिद्यार्थी तथा शिक्षकलाई छात्रबृत्ति तथा पुरस्कृत गरेको छ ।

त्रैमासिक अभिभावक भेलाको अवसरमा बिद्यालयले २० जनालाई छात्रबृति,५ जना ब्रिद्यार्थी सहित १ जना शिक्षकलाई पुरस्कृत गरेको हो ।

बिद्यालयले कक्षा १ देखि ५ सम्मका १७ छात्रा सहित ३ छात्रहरुलाई नगद ४ सयका दरले छात्राबृत्ति बितरण गरेको बिद्यालयका प्राधानाध्यापक हेमचन्द्र बिश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तै गत शैक्षिक सत्रमा पालिका स्तरको परिक्षामा सबैभन्दा बढी अंक ल्याउन कक्षा १ देखि ५ र कक्षा ५ देखि १० का एक÷एक जना र कक्षा १ देखि १० सम्म सबैभन्दा बढी बिद्यालय आउने ३ जनालाई शैक्षिक सामाग्री दिएर पुरस्कृत गरिएको छ ।

त्यस्तै बिद्यालयले सो अभिभावक भेलाको अवसरमा एक जना शिक्षकलाई नगद सहित प्रमाणपत्र दिएर पुरस्कृत गरिएको प्राधानाध्यापक बिश्वकर्माले जानकारी दिनुभयो ।

बि.सं.२०४६ सालमा स्थापना भएर हाल प्रस्तावित यस माध्यमिक विधालयमा शिक्षक तथा आर्थिक संकट रहेको बिश्वकर्माले जानकारी दिनुभयो ।

विधालयमा हाल बाल विकास सहजकर्ता २,स्थायी आधारभुत विधालय दरबन्दी ३, निजि २,प्रदेश शिक्षक अनुदानबाट २ र कर्मचारी १ गरि जम्मा १० शिक्षक तथा कर्मचारी रहेका छन ।

चौबिसे गाउँपालिकाका वडा नं. ४ र ५ का तल्लो भेग तथा छिमेकी छथर जोरपाटी गाउँपालि धनकुटाका दक्षिणी भेगका विधार्थीहरु समेत उक्त विधालयमा अध्ययन गर्न आउनेगरेका छन् ।(प्रशिक्षर्थी पत्रकार)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।